इलाम । पञ्चायती व्यवस्थाको बिरुद्धमा लड्दा सहादत प्राप्त गरेका सहिद रत्नकुमार बान्तवाको सालिक अनावरण गरिने भएको छ ।
माङसेबुङ गाउँपालिकास्थित इभाङमा निर्माण भएको सालिकको अनावरण गरिने भएको हो ।

४० औं स्मृति दिवस र ६७ औं जन्म जयन्तीको अवसरमा आउँदो चैत २७ गते शहीद बान्तवाको सालिक अनावरण संघीय सरकारका रक्षा मन्त्री इश्वरी पोख्रेल र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ आउँदै छन् । यस अवसरमा सालिकसँगै रहेको पार्कको पनि उद्घाटन गरिने छ ।

सहिद वम प्रतिष्ठानका सचिव रविन्द्र सुबेदीका अनुसार करीब २० लाख लागतमा एक वर्षमा पार्क र सालिक निर्माण गरिएको थियो । उनका अनुसार सालिक अनावरणका लागि रक्षा मन्त्री पोख्रेल, पूर्व सभामुख नेम्बाङ, प्रदेश नं.१ का अर्थमन्त्री इन्द्र आङबो, आन्तरिक मामिला तथा कानून मन्त्री जीवन घिमिरेको उपस्थिति रहने छ ।

एकै मितिमा जन्म र सहादत प्राप्त गरेका शहीद बान्तवाको जन्म र सहादत प्राप्त क्षेत्रमा बर्षेनी कार्यक्रम हुने गर्छ । पञ्चायती व्यवस्था बिरुद्ध लड्दा शहादत प्राप्त गरेपनि उनको क्षमता र त्याग धेरै अविष्मरणीय रहेका छन् ।