काँकरभिट्टा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

झापाको काँकरभिट्टाबाट लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले खैरो हिरोइन ८ सय मीलीग्रामसहित झापा बिर्तामोड ७ बस्ने बिकास राजवंशीलाई पक्राउ गरेको हो ।

भन्सार गेटबाट नियन्त्रणमा लिइएका राजवंशीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गरीने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा पबक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।