धरान । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने दर्जन बढी यात्रु घाइते भएका छन् ।

घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरीका अनुसार ना ६ ख २७१३ नम्बरको बस ब्रेकफेल भएका कारण अनियन्त्रित भएर पल्टिएको हो ।

घाइतेलाई उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने अझै पुुष्टी नभएको धरान प्रहरीले जनाएको छ ।