इलाम / संघीय समाजवादी फोरम नेपाल इलाम जिल्ला समन्वय समिति इलामको अध्यक्षमा कमल चाम्लिङ चयन भएका छन् ।

मंगलबार इलाम सदरमुकाममा भएको प्रतिनिधिहरुको भेलाले चाम्लिङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । चाम्लिङको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको हो ।

समन्वय समितिका उपाध्यक्षमा बखतबहादुर आङदेम्बे, सचिवमा यामप्रसाद लिम्बू योङहाङ, सहसचिवमा मणीविक्रम योङहाङ र कोषाध्यक्षमा विनू राई चयन भएका छन् ।

सदस्यहरुमा धनसिंह राइ, डिकबहादुर बस्नेत, डिबी गुरुङ, रुपबहादुर मगर, बलबहादुर आङदेम्बे, जीतबहादुर कुमाल, दीर्पादास राइ, कृष्णबहादुर खत्री, नरेन्द्र वनेम, रन्जित राई, पेमा योल्मू, छिकिन तामाङ, सुनमाया तामाङ, सेसे फाल्गू फेवदेन, टुपेन्द्र येक्तेन चयन भएका छन् ।

त्यस्तै  सुरेन्द्र मोक्तान, सुवास चौरासे, पूर्णचन्द्र लिम्बू, धनकुमार राई, सुवर्ण राई, गंगाबहादुर साउदेन, वीरमान तामाङ, पुनम कुमाल, किसान खजुम, राजकुमार माबोहाङ, मनकुमारी लिम्बू, दलबहादुर मोक्तान, लेखबहादुर राई, कविता सुनुवार, भूपाल राई, प्रकाश राई, संगीता सम्बाहाम्फे रहेका छन् ।

नवगठित जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुलाई कन्द्रीय सदस्य एवं इलाम जिल्ला कार्यवाहक इन्चार्ज प्रेमदीप थाम्सुहाङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।