ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरेर फर्कंदै गरेको तीर्थयात्री चढेको ट्याक्सी सुकेटार विमानस्थल नजिक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

मंगलबार बेलुका भएको दुर्घटनामा परी पाँच जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गम्भीर अवस्था भएका मोतिमाया अधिकारी ५४, एकनाथ सिग्देल ४२, निशान आचार्य ८, उद्दवप्रसाद सिग्देल ४२ र लक्ष्मी सिग्देल ३८ वर्षका छन् । उनीहरुलाई जिल्ला बाहिर रेफर गरिएको छ ।

घाइते सबै बारा निजगढको भएको प्रहरीले जनाएको छ । सामान्य घाइते छ जनाको ताप्लेजुङमा उपचार भइरहेको छ । मे. १ ज १४८६ नम्बरको ट्याक्सी राति ९ ५० बजे भएको दुर्घटना भएको थियो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।