अर्जुनधारा । लालीगुँरास महिला कृषि सहकारी संस्था अर्जुनधारा–८ ले एक कार्यक्रमका बीच आफ्ना १३ जना शेयर सदस्यलाई बाख्रा वितरण गरेको छ ।

शेयर सदस्यहरुको आयआर्जनमा बृद्धि गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको संस्था सञ्चालक समितिकी अध्यक्ष मेनुका पौड्यालले जानकारी दिइन् ।

समितिकी अध्यक्ष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि पशु विकास केन्द्रकी प्राविद्यिक सावित्रा पौड्याल, अर्जुनधारा–९का वडाध्यक्ष पूष्पकुमार प्रसाईं, महिला तथा बालबालिका शाखाकी सहायक प्रमुख पवित्रादेवी बाँस्कोटालगायतले उक्त बाख्राहरु वितरण गरेका थिए ।

यसरी बाख्रा प्राप्त गर्नेहरुमा कमला खतिवडा, कमला पौड्याल, करुणा ढकाल, गोमादेवी कार्की “ए”, गोमादेवी कार्की “बी”, गोमादेवी खतिवडा, गोमा बिमली, टिकादेवी खतिवडा, टिकादेवी ढकाल, मीना तामाङ, राजबाबु धिमाल, शान्ता कार्की र संस्कृती दाहाल रहेका छन् ।

वितरण गरिएको बाख्राको एउटा पाठी पुनः समितिलाई फर्काउनुपर्ने शर्तमा वितरण गरिएको व्यवस्थापक पवित्रा श्रेष्ठ गिरीले बताइन् । संस्थाकी लेखा समिति सदस्य हरिमाया भण्डारी दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक गिरीले गरेकी थिइन् ।