बिर्तामोड/ नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले बालुवाटार जग्गा घोटाला प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवानै मुछिए पनि कानुनी सजाय भोग्न तयार हुनुपर्ने बताएका छन्।

बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले बालुवाटार जग्गा घोटालामा नेता, कार्यकर्ता, कर्मचारी वा जोकोही मुछिए पनि पनि सबैलाई कारबाहीको दायरामा ल्याउन सरकारले आँट गर्नुपर्ने बताए।’अहिले बालुवाटार जग्गा घोटाला प्रकरणमा हाम्रा सभापति देउवा पनि मुछिएको भन्ने समाचारमा पढे, सत्य, असत्य जे भएपनि देउवा मात्र होइन जो कोहीलाई कारबाहीको दायरामा ल्याउनु पर्छ,’ नेता केसीले भने।’

यसअघि वाइडबडी खरिदमै पनि देउवाको नाम जोडिएको समयमा पनि म यसरी नै बोलेकै हो, यहाँ यस्ता प्रकरणमा मुछिएकालाई जोगाउनु कुनै दल र नेताको कर्तव्य होइन, फटाई गर्ने सजायको भागिदार बन्नै पर्छ,’ सभापतिप्रति आक्रमक ढंगले प्रस्तुत भएका केसीले पत्रकारसक्ष भने ।०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार बनेको समयमा गृहमन्त्रीको जिम्मेवारी देउवाले पाए थिए।

त्यसअघिको कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले दिएको कार्यदेश अनुसार गृहमन्त्रालयले छानबिन गरेको भए १ सय १३ रोपनी जग्गा व्यक्तिको नाममा नजाने भएकाले यसमा देउवाको पनि संलग्नता भएको विषय सार्वजनिक भएको थियो।

नेता केसीले बालुवाटार जग्गा मात्र नभई झापा सहित देशभरका सार्वजनिक र सरकारी जग्गाको अवस्था अहिलेनै खोज्ने समय आएको बताए।’ अहिले बालुवाटार जग्गाले प्रमुख प्राथमिकता पाएको छ, देशभरका सरकारी स्वमित्वका जग्गा तस्करको हातमा परेको अवस्था छ, यो विषयमा सबै गम्भिर भएर खोज्न आवस्यक देखिन्छ,’ उनले भने।

अन्नपूर्ण पोष्टबाट