अर्जुनधारा । किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङले झापाको अर्जुनधारा–७ पाराखोपीस्थित डाङग्रे बाबा–सेतीदेवी–माता पाथीभरा धाममा उत्पत्ति भएको डाङग्रे बाबा देशकै पहिलो बताएका छन् ।

इलामको माङसेबुङमा आयोजना भएको धाम संरक्षण तथा सम्वद्र्धन समितिका पदाधिकारी तथा सदस्यसँगको छलफलमा धर्मगुरु लिङदेनले सो कुरा बताएका हुन् । छिमेकी देश भारतको आसाम राज्यमा विशेष पूजा हुने गरेको डाङग्रे बाबा जिँउदो देवताको रुपमा रहेको उनले दाबी गरेका छन् । उनी भन्छन्, “स्पष्टरुपमा सबैले देख्न सक्ने डाङग्रे बाबाको उत्पत्ति देशभित्रै हुनु सुखद पक्ष हो ।”

कार्यक्रममा सहभागी धामका उत्पत्तिकर्ता धर्मगुरु विकास राईले विश्वमा भारतपछि दोस्रो देशको रुपमा नेपालमा उत्पत्ति भएको डाङग्रे बाबाको मानभाव पु¥याउन सक्दा सबैको कल्याण हुने बताए ।

धाम समितिको तर्फबाट किरात धर्मगुरु लिङदेनलाई धामको तस्वीर प्रदान गरिएको कार्यक्रममा धामका उत्पत्तिकर्ता धर्मगुरु राई, धाम समितिका अध्यक्ष राजेन्द्र काफ्ले, सल्लाहकार अमित खम्बूलगायतले धामको विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्न सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङ लिम्बू, धाम समितिका सल्लाहकार राजन धिमाल, सचिव रोशन नेम्वाङ, सहसचिव अशोक राई, सदस्यद्वय चिडीबहादुर प्रधान र लालबहादुर धिमाललगायतको सहभागिता रहेको थियो ।

धर्मगुरु राईका अनुसार उत्पत्ति भएको डाङग्रे बाबासँगै सेतीदेवी, साइँली पाथीभरा मातालगायत देवीदेवताको शरण रहेको उक्त धाममा समितिले प्रत्येक बिहीबार, शुक्रबार र शनिबार विशेष पूजा गर्दै आएको छ ।