अर्जुनधारा । ‘आमा र माटोको स्वास्थ्य सुधार अभियान’अन्तर्गत वस्तु तथा सेवा उपभोक्त हित संरक्षण मञ्च अर्जुनधारा नगर समितिले भान्सा नै औषधालयसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

समितिका अध्यक्ष खेम दाहालको अध्यक्षतामा अर्जुनधारा–९स्थित भूवनेश्वर शिव पाञ्चायन आनन्द धामको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

धामले संयोजन गरेको कार्यक्रममा सहजकर्ता वस्तु तथा सेवा उपभोक्ता हित संरक्षण संघ झापाका अध्यक्ष रामकुमार राई, कोषाध्यक्ष टेकबहादुर गिरी, नगर समितिका सहसचिव दिनानाथ शिवाकोटी र कोषाध्यक्ष इन्दिरा भट्टराईलगायतले सहजीकरण गरेका थिए ।

सोही कार्यक्रममा मातातीर्थ औंसीको सन्दर्भमा ज्येष्ठ माताहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा देवीमाया आचार्य, देवीमाया पौड्याल, धनमाया पौड्याल, सावित्रा कार्की र हरिमाया खनाल रहेका छन् ।

कार्यक्रममा अभियन्ता डम्बर चुँडाल, संघका प्रदेश सचिव प्रकाश उप्रेती, जिल्ला सहकारी संघ झापाकी सदस्य तुलसा कुँवर, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भानु श्रेष्ठ, धामका संरक्षक शान्तवीर बुढाथोकीलगायतको आतिथ्यता रहेको थियो । सहसचिव शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष गान्धारी मिश्रले गरेकी थिइन् ।

नगरपालिकाको सबै वडाका टोलहरुमा उक्त कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समितिको रहेको अध्यक्ष दाहालले बताए ।