झापा । अर्जुनधारा नगरपालिकाको ७ नम्बर वडाले फोहोर व्यवस्थापन गर्नका लागि आफ्ना वडाको चोक चोकमा पक्की रिङ राखेको छ ।

वडाको सरसफाई समितिले वडाको विभिन्न स्थानमा ११० थान सिमेन्टको रिङ राखेको हो । साताभरिमा संकलित फोहोर नगरपालिकाको ट्रकमार्फत उठाइने वडाध्यक्ष नविन ढुंगानाले बताए । उनका अनुसार साताको बुधबार वडाभरि फोहोर संकलनका लागि नगरपालिकाको गाडी आउनेछ ।

वडाको एक लाख बजेटबाट वडाभरिका मुख्य चोक, क्याम्पस, मठमन्दिर, होटल लगायतका स्थानमा सिमेन्टको रिङ राखिएको सरसफाई समितिकी बेनुका लामिछानेले बताइन् ।