बुधबारे । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति ३ को आयोजना तथा बुद्धशान्ति गाउँपालिका कृषि शाखाको सहयोगमा एकदिने बिषादी न्यूनीकरण तथा माटो परीक्षणसम्बन्धी तालिम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष इश्वरीराज ढकालको सभापतित्वमा भएको तालिममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

कृषि तथा माटो प्राविधिक फणिन्द्र ढुंगानाले सहजीकरण गरेको तालिममा गाउँपालिका कृषि शाखा अधिकृत भुपेन्द्रकुमार यादव, पशु सेवा शाखा बुधबारेका प्रम्ुख कैलाश सिंह लगायतले किसानले सोधेका प्रश्नको सहजीकरण गरेका थिए ।

१६ वटाभन्दा बढी कृषि समूहका करिब ७५ जनाले लिएको तालिममा बिषादीको असर, न्यूनीकरण, तथा माटो परीक्षण गर्ने विधि, माटोको संकलन तथा नमूना परीक्षण आदिका बारेमा जानकारी गराइएको थियो ।

तालिममा सहभागी अधिकांशले तालिमको समय छोटो भएता पनि उपलब्धीमूलक भएको बताए । तालिमको संचालन संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाले गरेका थिए ।