अर्जुनधारा । मातातीर्थ औंशीको सन्दर्भमा चौलागाई प्रतिष्ठान अर्जुनधारा नगर समितिले एक जना ज्येष्ठ मातालाई सम्मान गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमार चौलागाईंको अध्यक्षता र प्रतिष्ठानका केन्द्रीय सदस्य शिवशर्मा चौलागाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सोही नगरपालिका–३ निवासी तुलसादेवी चौलागाईंलाई सम्मानपत्रसहित दोसल्ला ओढाई सम्मानित गरेको हो ।

कार्यक्रममा प्रतिष्ठान झापाका माधवप्रसाद चौलागाईं, कोषाध्यक्ष सुनिता चौलागाईं, कनकाई नगर समितिका अध्यक्ष नरेन्द्र चौलागाईं, बद्धशान्ति गाँउ समितिकी अध्यक्ष विष्णुमाया चौलागाईं, कोषाध्यक्ष वेदनिधी चौलागाईं, काशिनाथ तिम्सिनालगायतले प्रतिष्ठानको उक्त कार्यको प्रशंसा गरेका थिए ।

समितिकी उपाध्यक्ष दिलमाया चौलागाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोपीकृष्ण चौलागाईंले गरेका थिए ।