काठमाडौँ/  अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेको आरोपमा राजधानीस्थित याक एण्ड यति होटलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र राजश्व विभागको टोलीले नेटवर्किङ व्यवसायमा स‌लग्न रहेको सूचनाका आधारमा छापा मार्दा भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।उनीहरुले दुबई मुख्य कार्यालय रहेको नेटवर्किङ कम्पनीको भारतको लखनउमा शाखा कार्यालय रहेको र त्यँहीबाट सुन, रियलस्टेट लगायतका व्यवसाय संचालन गर्ने भन्दै प्रशिक्षण दिएको पाइएको छ ।

शुक्रबार होटलमै २ सयजना बढीलाई प्रशिक्षण दिएको खुलेको छ। प्रशिक्षणमा सहभागी भएका १५/२० जना नेपाली र अन्य भारतीयभएको पाइएको छ। उनीहरुले न्यूनतम १२५० डलर जम्मा गर्नुपर्ने र त्यति नै रकम कम्पनीले हालेर नेटवर्किङ व्यवसायमा सहभागी हुन पाउने योजना बनाएका थिए।

पक्राउ परेका माथि छानबिन चलिरहेको महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटीले बताए।