मोरङ । मोरङको कटहरी गांउपालिकाकामा गएरातिको हावाहरीका कारण एक टहरो भत्किदा एक जनाको मृत्यु भएको छ ।

तीव्रगतिको हावाहुण्डरीका कारण टहरो भत्किदा कटहरी गांउपालिका १ का ५२ बर्षिय चन्द्र दासको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिकाको पुर्वी सिमाना हाटखोला पूर्वउत्तर रेल्वे ट्रयाक छेउमा ऐलानी जग्गामा टहरो बनाएर बस्दै आएका दासको सुतिरहेकै अवस्थामा टहरोमा च्यापिएर मृत्यु भएको छिमेकीले बताएका छन ।

हावाहुरीका कारण टहरो लच्किएपछि आफुहरुले बेलुकै गएर बाहिर बस्न आग्रह गरेपनि दासले नमानेको प्रत्यक्षदर्शी देवनारायण रायले जानकारी दिनुभयो । बिहान ५ बजे टहरो पुरै भत्एिको देखेर हेर्न जांदा मृतक टहरोको बांसले च्यापिएको अवस्थामा फेला परेको उहाँको भनाई छ ।

घटनाको सुचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि पठाएको छ ।

मृतक दासको श्रीमती र छोराछोरी भत्एिको टहरोकै पुर्वपट्टिको अर्को टहरोमा सुतिरहेका कारण उनीहरु भने सुरक्षित रहेका छन ।

कुकुर पुला भनिने सो स्थानमा १ दर्जन सुकुम्बासी परिवारले घरटहरो बनाएर बसोबास गर्दै आएका छन ।