झिलझिले । मागेजति सुन सरकारले व्यवसायीलाइ दिन नसक्दा पुस्तौँदेखिको सुनचाँदीको व्यवसाय संकटमा पर्न थालेको सुनचाँदी व्यवसायीले बताएका छन् ।
नियम बनाउने तर उक्त नियमलाई सरकारले नियमन गर्न नसक्दा व्यवसाय धरासायी बन्दै गएको उनिहरुको भनाइ छ । सरकारलाई करको ठुलो हिस्सा बुझाउने सुनचाँदी व्यवसायीका गुनासा र अप्ठयारा सरकारले बेवास्ता गर्दा लगानी डुव्ने खतरा बढेको उनीहरुले गुनासो गरे ।
नेपाल सुनचाँदी व्यवासयी ंसँघ शिवसताक्षी नगरको दोश्रो अधिवेसनको अवसरमा शुभकामना दिने अधिकांस वक्ताले गुनासोमात्रै पोखे । उनीहरुले भने, ‘वार्षिक १३ अर्ब सरकारलाई कर बुझाउने व्यवसायीको व्यवसाय नियम, ऐन र कानुनको पालना सरकारले गराउन नसक्दा व्यवसाय चौपट भयो ।’
झापाको दोमुखास्थित होटल पालिघरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा झापाका अध्यक्ष रुपदल विश्वकर्माले व्यवसायीसँग सरकारले सुनचाँदीको कारोबारमा तालमेल मिलाउन नसक्दा व्यवसायी निरास हुनुपरेको गुनासो गरे । सो कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, नेपाली कांग्रेसका नगर सभापति पर्शुराम ढुंगाना, चन्द्रवीर नेम्वाङ, टंक विश्वकर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघका बरिष्ठ उपाध्यक्ष कृष्ण खरेलको स्वागत रहेको सो कार्यक्रम अध्यक्ष मोहन सेन्चुरीको अध्यक्षतामा र संचालन सचिव हरिशंकर सिलवालले गरेका थिए ।