पाँचथर/ फिदिम नगरपालिका वडा नम्बर १२ नाँगिनमा एक ब्यक्तिको घरमा लागेको आगलागीबाट आज घर पूर्ण रुपमा ध्वस्त भएको छ ।

स्थानिय झुमनाथ चापागाईको घर आगलागी हुँदा २० लाख रुपैँया बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।आगलागीबाट अन्नपात, सुनचाँदी,लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको स्थानिय दिलिप चापागाईले बताउनुभयो ।

विधुत सर्ट भई दिउँसो १२ बजेको लागेको आगो ४ घण्टा पछि प्रहरी चौकी नाँगिन र स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल कुमार पौडेलले बताउनुभयो ।