इलाम । भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा स्थानीय युवाले भोलि शनिबार इलामको कुटीडाँडादेखि सदरमुकाम इलाम बजारसम्म साइकल र्याली गर्ने भएका छन् ।

बिहान साडे ८ बजेदेखि हुने साइकल र्यालीमा काठमाडौँबाट मात्र ५० जनाभन्दा बढी साइक्लिस्ट आउने व्यवस्थापन समितिका सदस्य बुद्ध तामाङले बताए । उनका अनुसार र्यालीमा ७० जनाले सहभागिता जनाउनेछन् ।

इलाम सदरमुकामसम्मको करिब ५० किलोमिटरको यात्रालाई ‘साइकल चलाऔँ, स्वस्थ रहौँ’ नारा दिइएको छ । र्यालीको उद्घाटन रोङ गाउँपालिकाका अध्यक्ष समशेर राईले रिबन काटेर गर्ने भएका छन् ।