अर्जुनधारा। झापाको अर्जुनधारा–७स्थित पाराखोपीमा रहेको डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धामको परिसर घेराबारा गर्न सहयोग गर्ने प्रदेश सांसद् र वडाध्यक्षले संयुक्तरुपमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैशाखे पूर्णीमाको सन्दर्भमा शनिबार धाम परिसरमा आयोजित विशेष पुजा समारोहलाई सम्बोधन गर्ने क्रममा समारोहका प्रमुख अतिथि प्रदेश नं.१का सांसद् वृख प्रधान र विशेष अतिथि वडाध्यक्ष नवराम ढुंगाना “नविन”ले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

डाङग्रे बाबा उत्पत्ती भएको विश्वको दोस्रो र देशकै पहिलो धाम दावी गरिएको सो तीर्थस्थलमा संरक्षण तथा सम्वद्र्धन समितिको दुई फिट प्लम र छ फिटमा जाली लगाउने योजना रहेको अध्यक्ष राजेन्द्र काफ्लेले बताए । धाम उत्पत्तीकर्ता धर्मगुरु विकास राईका अनुसार डाङग्रे बाबा भगवान विश्वकर्माको देब्रे अंग हुन् ।

सोही समारोहको सन्दर्भमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर कार्यसमितिका कलाकारहरुबाट साकेला सिली प्रस्तुत भएको थियो । त्यसैगरी कार्यक्रममा समितिकी सल्लाहकार लक्ष्मीदेवी कार्कीको परिवारबाट धाम समितिलाई हात्तीको मूर्ती प्राप्त भएको थियो ।

समितिका अध्यक्ष काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर सभा सदस्यद्धय ऐतराज नेम्वाङ “सन्तोष” र गोमा पर्वते, धाम उत्पत्तीकर्ता धर्मगुरु राई, धामका संरक्षकद्धय इन्द्रजीत चौधरी र चन्द्रबहादुर तामाङ, किराया पथरीशनिश्चरे नगर कार्यसमितिका अध्यक्ष डम्बर राई, किराया पथरीशनिश्चरे–१का अध्यक्ष बलबहादुर राई, साकेला सिली संयोजक देवराज राई, सिली मपा गजेन्द्र राई र सिली ममा मनिता राईलगायतको आतिथ्यता रहेको थियो ।

समितिका सचिव रोशन नेम्वाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार अमित खम्बूले गरेका थिए । समारोह अन्र्तगत धाम परिसरमा साँझ किर्तनको पनि आयोजना गरिएको सहसचिव अशोक वान्तवा राईले बताए ।