बिर्तामोड । आधुनिक तथा वैज्ञानिक अन्तराष्ट्रिय मूल्य मान्यतालाई आत्मसाथ गर्दै घरजग्गा विक्री तथा खरिद साथै भाडामा लगाउने उदेश्यले झापाको बिर्तामोडमा मेची समृद्धि रियल स्टेटको स्थापना भएको छ ।
घरजग्गा छिटो छरितो, सरल ढंगले खरिद विक्री तथा भाडामा लिन दिनका लागि स्टेटको स्थापना भएको हो । घर जग्गा बिक्री, खरिद र भाडा लगाउनेमा हुने झञ्झटिलो प्रक्रियालाई सजिलो र समयलाई ख्यालमा राखेर रियल स्टेटको स्थापना गरेको स्टेटका प्रवन्धक तथा साविक मेची प्रमुख ललीतकुमार न्यौपानेले बताए ।
‘अहिलेको प्राबिधियुक्त संसारलाई सदुपयोग गराउनलाई रियल स्टेट स्थापना गरेका हौं’, न्यौपानेले भने । घर जग्गा बिक्री, खरिद र भाडामा लगाउन हुने समस्या समाधान गर्न रियल स्टेट आवश्यक रहेको उनले बताए । उनले भने ‘त्यस्ता समस्या नहोस््भनेर हामीले रियल स्टेट स्थापना गरेका छौ ।’
‘घर जग्गा विक्री गर्दा बर्षौसम्म लाग्छ’ उनले भने ‘त्यस्तो झन्झटिलो प्रक्रियालाई स्टेटले ३ देखि ६ महिनाभित्रमा घरजग्गा बिक्री तथा खरिद गराउने गर्छ ।’ उनले रियल स्टेटलाई प्रविधियुक्त बनाउदै आफुले चाहेको घरजग्गा इन्टरनेटबाटै हेरेर पनि खरिद, विक्री र भाडामा लिन दिन सकिने बताए ।
बिर्तामोडमा स्थापना भएको रियल स्टेटको उद्घाटन प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले गरेका थिए । समृद्धि स्टेटका संस्थापक अध्यक्ष तिर्थराज न्पौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रवासी समाजका सचिव उत्तम श्रेष्ठ, समृद्धिका प्रमुख कार्यकारी अधिकृत श्यामसूर्य तामाङ, प्रोपर्टी डिलर एसोसिएसनका अध्यक्ष राजकुमार राई, प्रोपर्टी डिलर एसोसिएसनका झापा अध्यक्ष रोशन बोहोरा, पदमबहादुर पुरी ‘प्रकाश’ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समृद्धिका सहप्रवन्धक केशव श्रेष्ठले गरेका थिए ।