बिर्तामोड। झापावासीले अब झरनाको शुद्ध पिउने पानी प्रयोग गर्न पाउने भएका छन् ।

चार युवा व्यवसायीले बुद्धशान्ति गाउँपालिका– ७ सुनमाई झरानाको पानी ल्याएर प्रशोधन गर्दै बिक्री बितरण थालेसंगै झापावासीले शुद्ध पिउने पानी प्रयोग गर्न पाउने भएका हुन् ।

अढाई करोड रुपैयाँ लगानी गर्दै मिनप्रकाश मैनाली, सागर मैनाली, हरि मैनाली र सुनिल भण्डारीले सुनमाई वाटर‌ प्रालि सञ्चालन गर्दै सुनमाई झरना पानी वजारमा ल्याएका हुन् । रोङ गाउँपालिकाको क्युरेबाट मुहानको पानी ल्याएर प्रशोधन गर्दै झापावासीलाई पहाडको पानीको स्वाद चखाउने उद्देश्यले सुनमाई झरना पानी वजारमा ल्याइएको मैनालीले बताए ।

प्रालिले‌ गत चै‌तबाट सुनमाई झर‌ना ब्राण्डको‌ प्रशो‌धित पिउने‌ पानी बजार‌मा ल्याएको‌ छ । प्रशो‌धित पिउने‌ पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ अनुसार‌ सञ्चालनमा आएको‌ उद्यो‌गको‌ दै‌निक १२ सय कार्टुन पानी उत्पादन गनेर्‌ क्षमता रहेको उद्योग सञ्चालक मैनालीले भने –‘ पानीको माग अनुसार हामी पानी उत्पादन गछौं ।’

उद्योगले हाल एक लिटर‌को‌ बो‌तलमा उत्पादन भइर‌हे‌को‌ सुनमाई झर‌ना पानी छिट्टै‌ तीन सय मिलिलिटर‌, आधा लिटर‌ र‌ २० लिटर‌को‌ जार‌मा समे‌त उत्पादन गनेर्‌ तयार‌ी अन्तिम चर‌णमा पुगे‌को‌ बताइएको छ । उद्योगमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ । दुई वटा गाडीमार्फत् झापाका अधिकांश बजार‌मा पानी पु¥याइएको‌ उद्यो‌गका बजार‌ व्यवस्थापक हरि‌ मै‌नालीले‌ जानकारी दिए ।

बजार‌मा उपलब्ध पानीमध्ये‌ सुनमाई झर‌ना गुणस्तर‌ीय भएको‌ बताउँदै‌ उनले‌ भने‌, ‘पानीको‌ गुणस्तर‌ उपभो‌क्ताले‌ बुझ्न थाले‌का छन । दै‌निक रुपमा हाम्रो‌ पानीको‌ माग बढ्दो‌ छ ।’

प्रशो‌धित पिउने‌ पानी उत्पादन मापदण्ड अनुसार‌ सुनमाई वाटर‌ प्रालिमा अटो‌म्याटिक फिलिङको‌ व्यवस्था गर‌े‌को‌ सञ्चालकहरुको‌ भनाइ छ ।

उद्यो‌गभन्दा पाँच किलो‌मिटर‌माथि इलामको‌ र‌ो‌ङ गाउँपालिकाबाट पाइप विच्छ्याएर‌ ल्याइएको‌ पानी उद्यो‌गमा प्रशो‌धन गर‌े‌र‌ बजार‌मा पु¥याइएको‌ मै‌नालीले‌ बताए । सो‌ ठाउँको‌ पानी प्रदे‌श नं। १ कै‌ उत्कृष्ट मानिने‌ भएकाले‌ आफूहरुले‌ त्यो‌ ठाउँ र‌ो‌जे‌को‌ उद्यो‌ग सञ्चालकहरुको‌ भनाइ छ ।

पानीको‌ उत्पादन लागत प्रतिकार्टुन १२५ रुपै‌याँ पनेर्‌ उत्पादन मे‌ने‌जर‌ भण्डार‌ीले‌ बताए । लागत खर्च घटाएर‌ गुणस्तर‌ीय पानी उपभो‌क्तामाझ पु¥याउने‌ उद्दे‌श्यले‌ उद्यो‌गले‌ बो‌तल आफै‌ँ उत्पादन गनेर्‌ गर‌े‌को‌ उनले‌ सुनाए । पानीको‌ गुणस्तर‌मा सम्झौ‌ता नहुने‌ दाबी गदैर्‌ अर्का सञ्चालकले‌ भने‌, ‘बजार‌मा अन्य पानीको‌ तुलनामा सुनमाई झर‌ना के‌ही महँगो‌ जस्तो‌ लाग्छ तर‌ गुणस्तर‌ र‌ लागत अनुसार‌को‌ मूल्य हामीले‌ तो‌के‌का छौ‌ँ ।’

प्रति कार्टुन १४० रुपै‌याँका दर‌ले‌ उद्यो‌गले‌ व्यापार‌ीलाई पानी दिने‌ गर‌े‌को‌ व्यवस्थापक हरि‌ मै‌नालीले‌ बताए । नयाँ पानी उद्यो‌गले‌ कमसल पानी उत्पादन गर‌े‌र‌ सस्तो‌ मूल्य कायम गदैर्‌ आक्रामक बजार‌ नीति अवलम्बन गर‌े‌पछि पुर‌ाना पानी उद्यो‌ग संकटमा पर‌े‌को‌ आवाज उठिर‌हे‌का बे‌ला सुनमाई झर‌ना गुणस्तर‌सहित जिल्लामा उत्पादित पानी मध्ये‌ सबै‌भन्दा महँगो‌ मूल्य कायम गर‌े‌र‌ बजार‌मा आएको‌ छ । अन्य पानी उद्यो‌गले‌ प्रति कार्टुन १२० रुपै‌याँका दर‌ले‌ पानी दिने‌ गर‌े‌का छन् ।