झापा । अर्जुनधारा–११ स्थित बसपार्कमा स्वास्थ्य सूचना केन्द्रको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले एक कार्यक्रमका बीच गर्नुभएको छ ।
सो क्षेत्रको जनघनत्वलाई ध्यान दिँदै स्वास्थ्य सूचना केन्द्र स्थापना भएको हो । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख रानाले आ.ब.०७६÷७७ जनघनत्वको आधारमा स्वास्थ्य केन्द्रको रुपान्तरण गर्न जरुरी रहेको बताउनुभयो । बसपार्कबासीको इच्छा, चाहना भएमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
उक्त स्वास्थ्य केन्दले स्वास्थ्यसम्बन्धी सूचना संकलन गर्ने, बसपार्क क्षेत्रमा स्वास्थ्यसम्बन्धी वडाका आवश्यक सूचकहरुको लगत लिनसक्ने स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले जानकारी दिनुभयो । त्यसमा परामर्श सेवा दिने, प्राथमिक उपचार, गाउँघर क्लिनिक खोप सेवासहित सर्ने र नसर्ने रोगका विषयमा जनचेतना जगाउने लगायतको काम गर्ने सक्ने संयोजक बस्नेतले बताउनुभयो ।
उक्त सूचना केन्द्रका लागि वडा–११ निवासी मुक्ति सिटौलाको तर्फबाट २५ हजार बराबरको बिरामी राख्ने बेड, ६ थान प्लाष्टिकको कुर्सी चन्द्र इन होटल, १ थान सिलिङ फेन र १ थान पानीको जार, खेमराज न्यौपानेको तर्फबाट कोठा र फर्निचर, जगत रानामगरको तर्फबाट ६ थान प्लाष्टिकको कुर्सी निःशुल्क प्रदान गर्नुभएको थियो ।
वडा–११ अध्यक्ष भैरव खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका नगरसभा सदस्य लक्ष्मी बाँस्कोटा, बसपार्क व्यवस्थापन समितिका उपाध्यक्ष धनराज योङहाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको औचित्यमाथि स्वास्थ्य संयोजक बस्नेतले प्रष्ट पार्नु भएको थियो भने स्वागत नगरसभा सदस्य सीता बागदासले गर्नुभएको थियो । सूचना केन्द्रमा २ जना स्वयम्सेवक खटाइने व्यवस्था मिलाएको बस्नेतले जानकारी दिनुभयो ।