काठमाडौ । सोमबार देशका पूर्वि भु-भाग लगायत अन्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पूर्वी भु–भाग र अन्य पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ।

त्यस्तै रातिको समयमा देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ ।