झापा । अर्जुनधारा १ मा रहेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा चक्रबहादुर तामाङ पुनः चयन भएका छन् ।

समूहको विशेष साधारणसभाले तामाङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको निर्वाचन आयोगका सदस्य नारायण घिमिरेले बताए । तामाङ यसअघि दुई पटक निर्वाचित अध्यक्ष थिए ।

उनको नेतृत्वमा सडक, पुल निर्माणसँगै महत्वकांक्षी योजनाको हलुवागढ सिमसार निर्माण भएको छ । कुशल नेतृत्वकै कारण उनी पुनः समूहको नेतृत्वमा आएका हुन् ।

नवगठित समूहको उपाध्यक्षमा काजीमान कार्कि, सचिवमा तारादेवी आचार्य, सहसचिवमा दिलकुमारी मग्राती र कोषाध्यक्षमा हरि घिमिरे चयन भएका छन् ।

त्यस्तै, अर्जुन तामाङ, अनिला आचार्य, इन्दिरा रामदाम, कृष्णकुमारी लाखे दर्जी, गंगाराम आचार्य, देउकुमार सारु, पूजा लिम्बू, प्रविन कटुवाल, मनमाया पाण्डे दाहाल, रञ्जना तामाङ, रेणुका निरौला रिमाल र बिना आचार्य समूहको सदस्यमा चयन भएका छन् ।

डिभिजनल वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यमा आयोजित विशेष साधारणसभामा समूहका सचिव रंगलाल मिश्रले आवद्यिक कारोबारको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।