झापा । शिवसताक्षीका अधिकांश महिलाहरुमा पाठेघर र आङ्गखस्ने समस्या विकराल बन्दै गएको देखिएको छ ।

शुक्रबार साहारा नेपाल चारपानेको आयोजना र शिवगञ्ज सेवा केन्द्रको संयोजनमा भएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा यस्तो समस्या देखिएको हो । पाठेघरको परीक्षण गर्न आएकामध्ये ६८ प्रतिशत महिलामा यसको समस्या देखिएको प्राध्यापक डाक्टर गेहनाथ बरालले बताए ।

ग्रामीण क्षेत्रका महिलामा यस्तो समस्या खतरा हुने उनको भनाइ छ । झापाको बिएण्डसी अस्पताल बिर्तामोड र नेपाल परिवार नियोजन संघ झापाको प्राविधिक सहयोगमा सहाराले शिविरको आयोजना भएको हो । सहारा नेपाल चारपानेले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत पूर्वका विभिन्न क्षेत्रमा महिलाको स्वास्थ्यसम्वन्धी निःशुल्क शिविर गर्दे आएको छ ।

महिलाले शिविरबाट निःशुल्क औषधिसमेत पाए । पाठेघरको परीक्षण गरेका महिलामध्ये २९ जनामा क्यान्सर रोगको संक्रमित फेला परेको प्रोडा बरालले जानकारी दिए । यस्तै १५० जनामा यौनजन्य रोगबाट संक्रमण तथा आङ्ग खस्ने समस्या देखिएको उनले बताए । ग्रामीणक्षेत्रमा गरिएको शिविरबाट शिवसताक्षीको दक्षिण क्षेत्रका महिला आर्थिक रुपमा लाभान्वित भएका छन् ।