खोटाङ- केपिलासगढी गाउँपालिकामा सडकमाथिबाट खसेको ढुंगाले लागेर एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।

ढुंगाले लागेर केपिलासगढी गाउँपालिका–६ का चन्द्रबहादुर विकको ज्यान गएको दिप्सुङ स्वास्थ्यचौकीका अहेव रामविनयप्रसाद गुप्ताले उज्यालोलाई जानकारी दिनुभयो । ढुंगाले लागेर २० वर्षका प्रेम तामाङ घाइते हनुभएको छ ।

ढुंगा खसेको ठाउँमा घाँस काटिरहेका तीन चार जनाले भने भागेर ज्यान जोगाउन सफल भएका गुप्ताले जानकारी दिनुभयो ।