फिदिम । पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजारमा बिहीबार दिउँसो भएको आगोलागीबाट करिब ३ करोड बराबरको क्षति भएको प्ररम्भिक अनुमान जिल्ला प्रहरी कार्यलय पाँचथरको रहेको छ ।

घटनाको यकिन विवरण भोलि दिउसोसम्म आउने जानकारी जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको छ । आगलागीमा इन्द्रकुमारी थापा मगर र बिना थापा मगरको दुई घर पूरै खरानी भएको छ ।

इन्द्रकुमारी थापाको घरमा सीता होटल, स्मा स्टोर्स र बिना थापा मगरको घरमा पाथीभरा मिष्ठान भण्डार र हरि फलफूल पसल सञ्चालनमा थियो । उक्त दुवै घरमा रहेका सबै पसल पूरै खरानी भएको छ । जलेर नष्ट भएका घरहबाट केही सामग्री निकाल्न नसकेको स्थानीयले जानकारी दिएका छन् ।

आगलागीबाट साबित्रा केरुङको घरमा रहेको पाँचथर गेष्ट हाउसमा पनि आंशिक क्षति भएको छ । गेष्ट हाउसको छत र कोठाहरु पुर्णरुपमा क्षति पुगेको छ । नजिकै रहेको एनएमबी बैंकको शाखा कार्यालय रहेको घरको झ्यालमा आंशिक क्षति पुगेको छ ।