झापा । दमक नगरपालिकाबाट बिहीबार साँझ सालकको खपेटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ का ३० वर्षीय सुरज चेम्जोङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लोपोन्मुख वन्यजन्तु सालकको ३५० ग्राम खपेटासहित चेम्जोङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका चेम्जोङलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको छ।