झापा । माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दमक नगरपालिका ९ बस्ने ३५ वर्षीय सूर्य धिमाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घर नजिकैको बेतनी खोलामा सडक पोलबाट विद्युत् हुकिङ गरी माछा मार्ने क्रममा करेन्ट लागी धिमाल गम्भीर घाइते भएका थिए । घाइते धिमाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।