खुदुनाबारी । बिर्तामोड-४ मा स्थापित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र खुदुनाबारीमा एक दिवसीय वित्तीय साक्षरता गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिकाका उपमेयर कमला खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाको वित्तीय गतिविधि, विशेष उपचार कोष, विशेष शेयरसहित विविध गतिविधिका बारेमा संस्थाका अध्यक्ष श्रेष्ठले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडा, वडाअध्यक्ष रघुनाथ खनाल, वडा सदस्य निर्मला घिमिरे लगायतले बोल्नुभएको थियो ।

त्यस्तै, आइटी विभाग प्रमुख विकास कोइराला, शिक्षा उपसमिति सदस्य देवीबहादुर थापा, पदमबहादुर श्रेष्ठ, सेवा केन्द्र प्रमुख खुदुनाबारीका केशव बाँस्कोटा, गंगादेवी खड्का, लिलामाया धमलासहित १२० जनाभन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको सेवा केन्द्र खुदुनाबारीले जनाएको छ ।

संस्थाका शिक्षा उपसमिति सदस्य पदमबहादुर श्रेष्ठले स्वागत राखेँको कार्यक्रममा कार्यक्रम संचालन देवीबहादुर थापाले गर्नुभएको थियो ।