फिदिम । मंगलबार हिलिहाङ-६ चित्ते भन्ने ठाँउमा एनएमबी माईक्रोफाईनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारीलो हतियार प्रहार गरी हत्या भएको थियो ।

दुइवटा समुहको बैठक सकि कार्यालय तर्फ फर्किदै गरेकोे अवस्थामा उनको हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यलयको प्रारम्भकि अनुसन्धानबाट युवतिको साथमा भएको नगद ७८ हजार ५ सय रुपैँया हत्यामा हत्यामा संलग्नहरुले लगेको खुल्न आएको छ ।

युवतिको हत्या लुटपाटकै लागी गरिएको हो कि अन्य अरु कारण पनि हो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । युवतीको शव पोष्टमाटमको लागी मंगलबार राति जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ ।

युवतीको शवलाई उनको आफन्तहरु इलामबाट आए पछि पोष्टमाटम गरिने प्रहरीले बताएको छ । युवति स्थायि ठेगाना इलामको माइजोगमाई गाँउपालिका रहेको छ । उनी केही समयदेखि फाइनानसमा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन ।

हत्यामा संलग्न हरुको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।