झापा । अर्जुनधारा नगरपालिका ५ नम्बर वडा कार्यालय भवन निर्माणका लागि स्थानीय सापकोटा परिवारले निशूल्क जग्गा प्रदान गरेका छन् ।

स्व. बुबाआमाको पुण्य स्मृतिमा एक करोड मूल्यबराबरको ५ कठ्ठा ४ धुर जग्गा स्थानीय कञ्चन सापकोटा र उनका परिवारले नगरपालिकालाई प्रदान गरेका हुन् । जग्गादाता सापकोटा परिवारलाई शुक्रबार नगरपालिकाका मेयर हरिकुमार राना र ५ नम्बर वडाका अध्यक्ष ध्यानबहादुर भारतीले स्वागत सम्मान गरेका थिए ।

सापकोटा परिवारबाट प्राप्त जग्गामा वडा कार्यालयको भवन निर्माण गरिने वडाध्यक्ष भारतीले जानकारी दिएका छन् ।