झापा । आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि झापाका पन्ध्रवटै स्थानीय तहले मङ्गलबार बजेटसँगै नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।सरकारी वित्त व्यवस्थापन ऐनले प्रावधान गरेअनुसार चालु वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने प्रावधान थियो । सोहीअनुसार झापाका १५ वटा स्थानीय तहले पनि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६र०७७ मा १ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिईन् ।कनकाई नगरपालिकाले ६३ करोड को बजेट नगरसभामा अनुमोदनका लागि पेश गरेको छ । यसैगरि विर्तामोड नगरपालिकाले ९३ करोड ३३ लाख ४६ हजार, भद्रपुर नगरपालिकाले ७१ करोड ४१ लाख ९५ हजार, अर्जुनधारा नगरपालिकाले एक अर्ब ५ करोड ९० लाख ३० हजार, शिवसताक्षी नगरपालिकाले ८७ करोड ५४ लाख, गौरादह नगरपालिकाले ८५ करोड ४६ लाख ७२ हजार, दमक नगरपालिकाले एक अर्ब ४५ करोड ४१ लाख ३५ हजार रकम बराबरको बजेट सार्वजनिक गरेका छन् ।त्यस्तै, गौरीगञ्ज गाउँपालिकाले ३४ करोड ९३ लाख ५३ हजार, बाह्रदशी गाउँपालिकाले १३ करोड, झापा गाउँपालिकाले ६० करोड, कमल गाउँपालिकाले ६१ करोड ७९ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट पेस गरेका छन ।यस्तै कचनकवल गाँउपालिकाले ४४ करोड १० लाख , वुद्धशान्ति गाउपालिकाले २८ करोड १ लाख रुपैयाँ र हल्दीबारी गाँउपालिकाले २४ करोड ७७ लाखको बजेट नीति तथा कार्यक्रम पेश गरेको छ ।