रंगेली । मोरङको सुनवर्सी नगरपालिका ९ मुस्लिम बस्तीमा रहेको मस्जीदको सेफ्टी ट्याङ्की निर्माण गर्ने क्रममा चार जनाको ज्यान गएको छ ।
निर्माणाधिन सेफ्टी ट्याङ्की निर्माण गर्दै जाने क्रममा उनीहरु बेहोस भएर ढलेको प्रहरीले जनाएको छ । अक्सीजनको कमीको कारण चारैजना ढलेको अबस्थामा फेला परेका उनीहलाई तत्काल त्यहाँबाट निकालेर बिराटनगर तर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रही कार्यालय मोङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
यसरी ज्यान जानेमा सुनबर्सी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ६०का मोहम्द कपिल मियाँ , बर्ष १९ का सहनवज आलम , बर्ष २२ का वसिक आलम र बर्ष २५ फिरोज आलमको ज्यान गएको डिएसपी श्रेष्ठले बताए ।
अर्का एकजना दाउत मियाँको रंगेली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । निर्माणको काम भईरहेको अबस्थामा अधिकांशको अक्सीजनको अभावको कारण ज्यान गएको हुनसक्ने डिएसपी श्रेष्ठले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।