झापा । झापाको अर्जुनधारा-८ स्थित शनिश्चरे बजारमा सोमबारदेखि सत्यलक्ष्मी भेराइटिजले आफ्नो सेवा सुुरु गरेको छ । मोबाइल सेवाबाट बञ्चित निम्न आय भएका समुदायलाई लक्षित गरी विशेषगरी मोबाइल र इलेक्ट्रिक सामान बिक्रीका लागि सत्यलक्ष्मीले भेराइटिज सञ्चालनमा ल्याएको हो ।

शनिश्चरेकै खुदुनाबारी रोडमा विगत नौ वर्षदेखि सत्यलक्ष्मी मोबाइल सेन्टर सञ्चालन गर्दै आएका युवा व्यवसायी सरोज सापकोटाले प्रारम्भिक ५ लाख रुपैयाँको लगानीमा उक्त भेराइटिज सञ्चालनमा ल्याएको बताए । शनिश्चरे बजारदेखि अर्जुनधारा मन्दिर जाने बाटोमा रहेको दुर्गा मन्दिर अगाडि भर्खरै सञ्चालनमा आएको शुभ आशीर्वाद मिनी मार्केटमा भेराइटिज सोमबारदेखि सञ्चालनमा आएको हो ।

न्यूनतम ११ सय देखि ३२ हजार नौ सय ९९ रुपैयाँसम्मको मोबाइल पाइने उक्त भेराइटीजमा साम्सुङ, भीभो, एमआई, ओपो ब्राण्डका मोबाइलसँगै मोबाइल एसेसोरिज, इलेक्ट्रोनिक्स सामग्री, रिचार्ज सेवा र सिम कार्डलगायतको सेवा प्रदान गरिने बताइएको छ ।