झापा । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। भोजपुरको सदरमुकाम नजिकै बुधबार बिहान ८ बजे प्रहरी र विपल्व समूहबीच दोहोरो भिडन्तहुँदा एक जना विपल्व कार्यकर्ताको मृत्यु भएको छ ।विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता एसपी रमेश थापाले पुष्टि गरे।  त्यस्तै प्रहरीको जवाफी कारबाहीमा विप्लव नेकपाका नेता निर कुमार राइकाे मृत्यु भएकाे हाे।त्यस्तै घटना स्थलबाट प्रहरीले लाेडेड पेस्ताेल र त्यसमा लाग्ने गाेली बरामद गरेकाे भाेजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए।