झापा । नागरिक एकता समाजले आगामी शनिबार इलामका चिया व्यवसायी तथा समाजसेवी बुद्ध तामाङलाई सम्मान गर्ने भएको छ। फोटो पत्रकारका रुपमा परिचय बनाएका तामाङ खेलकुद पत्रकार मञ्च झापाका कोषाध्यक्ष समेत हुन्।

‘होराइजन बर्दु भ्याली टी’ का सञ्चालक तामाङलाई समाजले संस्थाको वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागेको हो। समाजले विकृती विसंगतिविरुद्ध जनचेतनामुलक कार्यक्रम गर्नुका साथै अपाङ्ग अनाथ तथा असहायहरुको क्षेत्रमा पनि काम गर्दै आएको छ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्यक्रममा नेटबल संघका केन्द्रिय सहकोषाध्यक्ष समेत रहेका तामाङलाई समाजले सम्मान गर्न लागेको हो। तामाङ सूर्योदय टी प्रोडुसर एसोसिएसनका सहसचिव पनि हुन्। उनी झापामा चिया व्यवसायका साथै सामाजिक कार्यमा पनि सकृय छन्।

तामाङ बुद्ध माध्यमिक विद्यालय व्यवस्थापनका समिती अध्यक्षसमेत हुन्। नेपाल तामाङ घिदुङ संघ जिल्ला कार्यसमितीको सदस्य रहेका तामाङ कटुशे बजार व्यवस्थापन समितीको सल्लाहकार सदस्य पनि हुन्।