इलाम । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकामामा रहेको माइखोलाले बगाएर ३ जना विद्यार्थी वेपता भएका छन।

परीक्षा दिएर फर्किदै गरेको ६ जनामध्ये खोलाले माई नगरपालिका-१ बरदरेमा १५ वर्षीया सुनिता साउदेन, १५ वर्षीया निसा सुनार र १२ वर्षीया आकृति लिम्बूलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बेपता बालिकाहरूको खोजी भइरहेको छ। उनीहरू कुन स्कुलमा अध्ययनरत थिए भन्ने खुल्न सकेको छैन। सधैँ सोही स्थानबाट उनीहरू खोला तर्ने गरेका थिए।

त्यसैगरी, चुलाचुली गाउँपालिका १ का ५५ वर्षीय अञ्चल लावतीको हिजो खोलाले बगाए ज्यान गएको छ। चुलाचुली १ र २ को सिमानामा पर्ने बाघडोर खोला तर्ने क्रममा लावतीलाई खोलाले बगाएर मृत्यु भएको हो। लावतीको शव झापाको कमल गाउँपालिका २ भालुगाँउस्थित कमल खोलाको बगरमा मृत अवस्थामा प्रहरीले फेला परेको हो। लावतीको शव सनाखत गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।