दमक । झापाको दमको बुधार दिउँसै दुई समुह बीच झडप हुदाँ एक ब्यक्तिको मृत्युभएको छ । दमक नगरपालिका १ स्थित संगम चोक नजिकै दुई युवा समुहबीच झडप भएको हो । झडपमा परी एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
झडपमा परी दमक २ का १८ बर्षीय बिक्रम लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै दमक-३ का १८ बर्षीय सरोज भण्डारी र दमक-२ का १८ बर्षीय सुजन भुजेल घाइते भएका छन् ।
घाइतेमध्ये गम्भीर अवस्थाका सरोजको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ भने उत्तमको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरेको प्रहरीले जनाएको छ । पुरानो रिसईबीका कारण उनीहरु बीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
घटनामा संलग्न अभिषेक राई सहितको १८-१९ जनाको समुह फरार रहेकाले खामेजी सुरु गरिएको प्रहरीले जनाएको छ ।