इलाम । गएको आर्थिक बर्ष ०७५/०७६ मा इलाममा सवारी नियम मिच्ने १३ हजार ६ सय १० सवारी साधन रहेका छन् । सवारी नियम मिच्ने यि सवारी साधनलाई कार्वाही गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले ८० लाख १४ हजार ५ सय रुपैंयाँ राजश्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीको तथ्याङ्कलाई हेर्दा सवारी नियम मिच्नेमा जिप-कार-भेन रहेको छ । एक बर्षमा ५ हजार ४ सय ९५ वटा जिप-कार-भेनले सवारी नियम मिचेका थिए । त्यसपश्चात ५ हजार एकसय २२ वटा मोटरसाईकल, एकहजार ९ सय ४ वटा ट्रक, ४ सय ४० वटा बस, ६ सय ४९ वटा टयाक्टरले सवारी नियम मिचेको तथ्याङ्कमा उल्लेख छ ।

अघिल्लो आर्थिक बर्ष ०७४/०७५ मा भने १४ हजार ९ सय ८६ सवारी साधन कार्वाहीमा परेका थिए । जसबाट ८१ लख ९२ हजार रुपैंयाँ राजश्व संकलन भएको थियो । ट्राफिक प्रहरीको चार आर्थिक बर्षको तथ्याङ्कलाइृ हेर्दा सबैभन्दा बढी आर्थिक बर्ष ०७२/०७३ मा १५ हजार ६ सय २८ सवारी साधनले सवारी नियम मिचेका थिए ।

जुन आर्थिक बर्षमा प्रहरीले ५१ लख ७० हजार ३ सय ५० रुपैंयाँ राजश्व संकलन गरेको थियो । यस्तै ०७३/०७४ मा ९ हजार ६ सय ५५ ले सवारी नियम मिच्दा ५३ लाख ८२ हजार ५ सय रुपैंयाँ राजश्व संकलन भएको थियो ।

ट्राफिक प्रहरीको तथ्याङ्कले सवारी नियम मिच्ने सवारी साधन बढ्दो क्रममा देखिएको छ । तर ट्राफिक प्रहरी भने सवारी कार्वाहरीमा राजश्व बढेको र ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेकाले राजश्वको दर बढेको देखिएपनि सवारी कार्वाही भने घट्दो क्रममा रहेको जनाएको छ ।

चार बर्षको तथ्याङ्क अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेको सङख्या पनि उच्च् देखिन्छ । चारबर्षमा एकहजार आडसय २५ जना रहेका छन् । जसमा सबैभन्दा बढि गत आर्थिक बर्ष ०७५/०७६ मै रहेको छ । सो आवमा ८ सय ४० जनाले मापसे गरेर सवारी चलाएको तथ्याङ्कले देखाएको छ । यता नियममा कडाइ गरेपछि सवारी दुर्घटनाका घटना न्युनिकरण भने हुँदै गएको ट्राफिक इन्चार्ज दिलिपकुमार चौधरीले बताए।