अर्जुनधारा । झापाको अर्जुनधारा-८ मा रहेको शिवालय मन्दिर सिद्धेश्वर आश्रमको शुक्रबार सम्पन्न पाँचौं साधारण सभाले पुनः नन्दकिशोर गिरीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा लवकुश गिरी, सचिवमा नीतिरमण गौतम, सहसचिवमा योगेन्द्र पौड्याल र कोषाध्यक्षमा कृष्णमाया कडुवाल चयन भएका छन् ।

समितिको सदस्यहरुमा अशोक ढकाल, इन्दिरा दाहाल, किरण वन, केशव सापकोटा, गोमा बराल, जीवननाथ गिरी, नरबहादुर खड्का, नितू घिमिरे, यामराज अधिकारी, सुवास ढकाल, हरिप्रसाद काफ्ले र ज्ञानू भट्टराई चयन भएका छन् ।

त्यस्तै सोही दिन सम्पन्न समितिको बैठकले ज्ञानीकुमार खड्कालाई सदस्यमा मनोनित गरेको र बाँकी एक जना सदस्य आगामी बैठकबाट मनोनित गरिने समितिका अध्यक्ष गिरीले बताए ।

अध्यक्ष गिरीको अध्यक्षतामा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष लवकुश गिरीले र सभाको सञ्चालन सचिव नीतिरमण गौतमले गरेका थिए ।