झापा । झापाको वाह्रदशीमा सर्प दंशका कारण एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रवहादुर पौडेल रहेका छन् ।
उनलाई आज विहान घरमै विषालु सर्प (गोमन) ले डसेको वाह्रदशी गाउँपालिका–३ कि वडा सदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिइन् । अधिकारीका अनुसार धान राखेको भकारी माथिबाट कपडाको टालो निकाल्ने क्रममा पौडेललाई सर्पले डसेको हो ।
सर्पले डसेलगत्तै उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पुर्याइएको थियो । त्यहाँ भेन्टिलेटर अभावका कारण उपचार नभएपछि थप उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारको क्रम मृत्यु भएको अधिकारीले बताइन्।