पाँचथर । सुनसरीको धरान र झापालगायतका विभिन्न ठाँउमा फैलिएको डेंगु रोगका बिरामी पहाडी जिल्ला पाँचथरमा समेत देखिएका छन् । पछिल्लो हप्ता जिल्ला अस्पताल फिदिममा उपचारका लागि आएका बिरामीमध्ये ५ जनामा डेंगुको संक्रमण देखिएको हो ।

पाँचथरमा पनि रोग भेटिएको पुष्टि भएको पाँचथर जिल्लाडेंगु अस्पलतालका निमित्त प्रमुख डा. मुकेशकुमार झाले जानकारी दिए । पाँचथर अस्पतालमा बिरामी भएर आएका दुई र समर्पित अस्पतामा बिरामी भएर आएका तीन जनामा यस्तो रोग भेटिएको हो । पाँचथर अस्पतालमा उपचारका लागि आएका बिरामीलाई परीक्षण गर्दा यस्तो भेटिएको डा. झाले बताए ।

पाँचथर अस्पतालमा डेंगु परीक्षण गर्ने किड्स नभएपछि समर्पित अस्पतालमा परीक्षणका लागि लगिएको थियो । उनीहरुलाई जिल्ला अस्पतालमा उपचार गरेपछि घर फर्किएका छन् ।

अस्पतालहरुका अनुसार फिदिम १२ का रामप्रसाद राई, फिदिम १ का रोशन श्रेष्ठ, कल्पना भण्डारी, गजेन्द्र भण्डारी र भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरमा कार्यरत नायव सुब्बा पुरुषोत्तम पौडेलमा डेंगु भेटिएको हो । उनीहरु ज्वरो आएर उपचारका लागि अस्पताल आएका थिए । तराई आउजाउ गर्नेहरुलाई यस्तो रोग देखिएको झाले बताए ।

समर्पित असपतालमा आएका बिरामीमध्ये तीन जनामा यस्तो संक्रमण भएका बिरामी उपचार गर्न आएका थिए । उनीहरुमध्ये दुई जनालाई थप सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको समर्पित अस्पतालका जनसम्पर्क प्रमुख शिशिर आङबोले बताए । डेंगु संक्रमण देखिएकामध्ये २ जनालाई नोवल अस्पताल विराटनगर, एक जनालाई झापाको विएण्डसी अस्पताल पठाइएको छ ।

डेंगुको संक्रमण भेटिएपछि सजग रहन चिकित्सकहरुले सुझाव दिएका छन् । सुनसरीको धरान लगायतमा देखिएको यो समस्यामा पहाडमा पनि देखिएकाले सचेतता अपनाउन आवश्यक रहेको आङ्बाले बताए । पाँचथर अस्पतालमा परीक्षण लागि आवश्यक किड्स छैन ।

बिरामी भेटिएपछि किड्स झिकाउनका लागि माथिल्लो निकायमा पत्र लेखिएको झाले जानकारी दिए । डेंगुको संक्रमण भेटिएपछि सजग रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।