अर्जुनधारा । साहित्यकार तथा सञ्चारकर्मी कुमार भट्टराईद्वारा लिखित उपन्यास अश्वत्थमाको बुधबार गृह नगरमा चर्चा गरिएको छ । उनी अर्जुनधारा ८ निवासी हुन् ।

अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको आयोजनामा धामको श्रवण हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनको उपन्यासको चर्चा गरिएको हो । लेखक भट्टराईले स्वागत मन्तव्यसहित उपन्यासको विषयमा जानकारी गराएको कार्यक्रममा धामका मूल अर्चक अग्निप्रसाद सिग्देल र कवि मुनाराज शर्माले उपन्यासबारे चर्चा गरेका थिए ।

अग्रज साहित्यकार कृष्ण धरावासी, व्यवसायी चर्तुभूज काफ्लेलगायतले उपन्यासको विषयमा आफ्नो धारणा व्यक्त गरेको कार्यक्रममा पूर्व वन राज्यमन्त्री वीरमणी ढकाल, अर्जुनधारा-७का वडाध्यक्ष नवराम ढुंगाना, शनिश्चरे बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सरोजकुमार ओली, चेम्बर अफ कमर्श अर्जुनधाराका संयोजक पूष्पप्रसाद रेग्मी, शनिश्चरे-अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदी, हामी ३८ सेका संयोजक शेखर प्रधानलगायतको सहभागीता रहेको थियो ।

समितिका अध्यक्ष नविनकुमार गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन उर्मीला दाहालले गरेकी थिइन् ।