विनोद सापकोटा
झापा । शिवसताक्षी २ झापाका शंकर थापाले एनसाईसी एसिया बैंकले दुई साताअघि मात्र ल्याएको सुपर चामत्कारिक बचत खाताका बारेमा बुझेका थिएनन् । बैंकका कर्मचारीेले गरेको कन्भिन्समै उनले खाता खोले । पहिला उनको समुन्नती बचत खाता थियो । बैंकले बचतका नयाँ कार्यक्रम ल्याएपछि त्यै खातालाई थापाले चमत्कारी बचत खाता डायमण्डमा रुपान्तरण गरे ।

बैंकले ल्याएको विविध शीर्षकका बचत खाता सार्वजनिक भएको केही दिनमै थापा बिरामी परे । स्थानीय क्लिनिकदेखि झापाका केही अस्पतालमा उपचारका लागि धाए । उनको रोग पत्ता लाग्न सकेन । केही दिनपछि बिर्तामोडकै बिएण्डसी अस्पतालमा चिकित्सकको सल्लाह लिन गए । उनले भने, ‘पिठ्युँमा नसा च्यापिएको रहेछ ।’

चिकित्सकले दिएको सल्लाहअनुसार थापा अस्पताल भर्ना भए । उनले चिकित्सकले सिफारिस गरेको नियमित औषधि सेवन गरे । अस्पताल भर्ना भएदेखि उनले औषधि उपचारमा २८ हजार ७ सय रुपैयाँ खर्च गरे । एनआईसी एसिया बैंकमा खाता रुपान्तरण गर्दाताका कर्मचारीले सुझाएको कुरा स्मरण गरे र अस्पताल बस्दा र औषधि उपचार गर्दाका कागजात भेला पारे ।

थापा उपलव्ध काजजात लिएर एनआइसी एसियाको झिलझिले शाखामा आए । शाखा प्रमुख लेखनाथ अधिकारीलाई उपलब्ध कागजात दिएको तीन दिनमै उनले बिएण्डसी अस्पतालमा गरेको उपचार खर्च पाए । थापा भन्छन, ‘एनआईसीको सुपर चामत्कारिक बचत खाताअन्तर्गत मैले पाएको औषधि उपचारको खर्च दशैँ तिहारका लागि जोहो गर्छु ।’

बुधबार झिलझिलेस्थित एनआइसी बैंकको सभाहलमा बैंकका उपक्षेत्रीय कार्यालय दमकका प्रमुख डेनराज सुव्बाले थापालाई नगद प्रदान गरे । सो अवसरमा सुव्बाले ग्राहकहरुको आवश्यक्तालाई ध्यानमा राखी बैंकका २९८ वटै शाखाबाट सुपर चमत्कारी बचत खाता, सुपर चमत्कारी नारी बचत खाता, सुपर चामत्कारिक ज्येष्ठ नागरीक बचत खाता ल्याइएको बताए ।

उनले बाबु नानी बचत खाता, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, बैदेशिक रोजगार खाता, उद्यमशील खाता, तलब खाताको सुविधा लगायतले आम नेपालीको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने बताए ।

निक्षेप योजनाहरुमा ग्राहकहरुले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधासमेत प्राप्त गर्नेछन् । परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोडसम्मको सुविधा छ भने परिवारका लागि १ लाख ५० हजारसम्मको औषधि बिमा सुविधासमेत छ । बैंकले सुपर चामत्कारिक बचत खाता कार्यक्रम सुरु गरेपछि सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको बैंकको केन्द्रीय कार्यालयले जनाएको छ ।

झापाका १७ वटा एनआईसी एसिया बैंकका शाखामध्ये बिर्तामोड र झिलझिले शाखाबाट हालसम्म एक एक जनाले यो सुविधा लिएको उपक्षेत्रीय कार्यालयका प्रमुख सुब्बाले जानकारी दिएका छन् ।