0 Shares

मेचीनगर । मेचीनगर अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श मावि इँटाभट्टाले जितेको छ । धुलाबारी युथ नेटवर्कले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजना गरेको प्रतियोगितामा आदर्शले जीत हात पादैं नगद ८ हजार रुपैयाँसहित प्रमाणपत्र पायो ।

यसैगरी काँकरभिट्टा मावि दोस्रो तथा शहीद दशरथ चन्द मावि दुहागढी तेस्रो भए । दुवैले क्रमस ३ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए । कविशिरोमणि मावि खुट्टीडाँगीले सान्त्वना पुरस्कार नगद ५ सय जित्यो । कार्यक्रममा विजेता विद्यालयबाट सहभागी विद्यार्थीलाई शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लीलाप्रसाद भण्डारी, प्रतियोगिताका निर्णायक नमूना दाहाल, दीपकप्रसाद पोखरेललगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष विशाल काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, हिमालय मल्टिपल कलेज मेचीनगरका प्रमुख मिलनकुमार ढुंगानालगायतले बोल्नुभएको थियो ।