बागलुङ । पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको खुनखानी नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार बिहान ३ बजेर ५१ मिनेटमा ४.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भुकम्पपछि गएका पराकम्पन भन्दा फरक रहेको छ ।यसरी पटक-पटक स-सना पराकम्पन जानुमहाभूकम्पको शक्ति क्षयीकरण भएकाले यसलाई राम्रो हिसाबले हेर्नु पर्ने केन्द्रले बताएको छ ।

भुकम्पको कम्पन पर्वत लगायतका बिभिन्न छिमेकी जिल्लाहरुमा समेत महशुस भएको बताइएको छ । क्षतिको बारेमा पुर्ण विवरण आउन भने बाँकी नै छ ।