0 Shares

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा पशु चौपायको बजारीकरणसम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

अभियान झापाको आयोजना तथा हेफर इन्टरनेश्नलको सहयोगमा शनिबार नगरपालिकाको सभाहलमा आयोजित समिक्षा बैठकमा खसीबजारको बजारीकरण, सहकारीको संस्थागत विकास गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको अभियान नेपालका प्रोग्राम को अर्डिनेटर हेम श्रेष्ठले जानकारी दिए ।

हाम्रो स्वावलम्बी सामाजिक उद्यमी महिला सहकारीसँग सहकार्य गरी थालिएको यो कार्यक्रम नगरका १, २, ३, ४ नम्बर वडामा सञ्चालित छ । हेफर नेपालका प्रोग्राम अफिसर ऋषि पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीको विशेष आतिथ्यतामा रहेको थियो । कार्यक्रमको सञ्चालन योजना तथा कार्यक्रम अधिकृत हिमराज सेढाइँले गरेका थिए ।