एजेन्सी । भारतमा नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

सरकारले नयाँ नागरिकता कानुनमा मुस्लिम लगायत समुदायलाई विभेद गरेको भन्दै चर्किएको प्रदर्शनमा शुक्रबार थप ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार उत्तर प्रदेशमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी धरपकडमा ३२ जना घाइते भएका छन । दिल्ली, उत्तरप्रदेश लगायतका ठाउँमा प्रदर्शन चर्किएको छ । सरकारले प्रदर्शन गर्न रोक लगाए पनि नागरिकको विरोध प्रदर्शन कायमै छ ।

दिल्ली, मुजफ्फरपुर, मेरठ, गोरखपुर, बनारसलगायत झण्डै आधादर्जन जिल्लामा प्रहरीको निषेधाज्ञा तोड्दै हजारौ नागरिक सडकमा निस्किएर प्रदर्शन गरेका अन्तराष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।