शनिश्चरे । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको नवौं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले यायोक्खासँगै सुम्निमा संघको पनि नेतृत्व चयन गरेको छ ।
यायोक्खाका अध्यक्ष क्या.मानबहादुर राईको अध्यक्षता र किराया झापाका सदस्य गणेश राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष क्या. शिवकुमार राईले गरेका थिए ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष क्या.मानबहादुर राई, आर्थिक प्रतिवेदन सहसचिव सोमा राईले, किरात राई कल्याणकारी बचत कोषको प्रतिवेदन कोषाध्यक्ष भूपा राईले र सांस्कृतिक विभागको प्रतिवेदन उपाध्यक्ष क्या. शिवकुमार राईले प्रस्तुत गरेका थिए ।
त्यसैगरी कार्यक्रममा ज्येष्ठ नागरिकद्वय चन्द्रमाया राई र पञ्चमाइती कुलुङ राई, उत्कृष्ट बचतकर्ता आशा कुलुङ राई, असल उद्यमी श्रीप्रसाद राई, उत्कृष्ट कार्यसमिति सदस्य सुशिला चाम्लिङ राई र संस्थाले स्थापना गरेको अक्षयकोषका लागि ४० हजार नगद सहयोग प्रदान गर्ने दाता मनिकुमार चाम्लिङ राईलाई सम्मान गरिएको थियो ।
किराया बिर्तामोड नगर समितिकी अध्यक्ष चिजा राई, किरात राई सांस्कृतिक कलाकार संघ झापाकी उपाध्यक्ष सिवानी राई, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्का अध्यक्ष जगत राना मगर, पत्रकार दिपीन राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सरिता राईले गरेकी थिइन् ।
सोही अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि पुनः क्या. मानबहादुर राईको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत गठन गरेको छ ।
नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा क्या. शिवकुमार राई, उपाध्यक्षमा जमुना राई, सचिवमा सरिता राई, सहसचिवमा सोमा राई, कोषाध्यक्षमा भूपा राई रहेका छन् भने सदस्यहरुमा आशा राई, क्या.असनबहादुर राई, जागिरमान राई, जीवन राई, टेकबहादुर राई, दिलीपकुमार राई, नारायण राई, बुद्धिबहादुर राई, मानबहादुर राई, राज खम्बू, विजय राई, सुशिला राई र संगम राई चयन भएका छन् ।
सोही अधिवेशनले कोषाध्यक्ष भूपा राईको अध्यक्षतामा सात सदस्यीय सुम्निमा महिला संघ गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा प्रमिला राई, सचिवमा कमला राई, सहसचिवमा अनु राई, कोषाध्यक्षमा जीना राई तथा सदस्यमा आशा राई र शर्मिला राई चयन भएका छन् ।