इलाम । फाकफोकथुम गाउँपालिकामा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । फाकफोकथुम–५ लुम्देका अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी रीता खपांगीको शव बुधबार दिउँसो घरको बलेसीमा रहस्यमय अवस्थामा भेटिएको हो । पत्नी रीता पनि धनबहादुरको नजिकै उत्तानो अवस्थामा लडिरहेको अवस्थामा भेटिएकी छन् । प्रहरीले घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था नभएको र अनुसन्धान भइरहेको बताएको छ । प्रहरी नायव निरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार घोप्टो परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लागेको नांगो खुकुरी भुइँमा भेटिएको छ ।